संसदीय समिति बन्ने आज लगभग पक्का, संसदको अवरोध पनि हट्ने

मेरो आर्थिक
जेठ १५ गते २०८१
समयः ६:२५ am

सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बन्ने आज लगभग पक्का भएको छ । समिति गठनसँगै संसदको अवरोध पनि हट्ने नेताहरुले बताएका छन् ।
लामिछाने गृहमन्त्री भएसँगै गोर्खा मिडिया नेटवर्कमा भएको सहकारीको रकम अपचलनबारे छानबिन गर्ने अनुसन्धान रोकिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सत्तारुढ दलहरु छानबिनका लागि संसदीय समिति बनाउन ५ जेठमा सहमत भएका थिए । अझै पनि संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुट्न सकेको छैन ।
कांग्रेसका सांसदहरुको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ जेठमा विश्वासको मत लिए भने आइतबार बहुमतले सरकारको नीति तथा कार्यक्रम पास भयो । आज जेठ १५ गतेका दिन दिनको १ बजे बजेट भाषण छ ।
सहमति जुटाउने प्रयासमा सोमबार विहान तीन दलको बैठक बसेको थियो भने दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्यो । साँझ फेरि तीन दलका नेताहरुबीच झण्डै तीन घण्टा छलफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक लगभग सहमतिमा पुगेको नेताहरुले बताएका छन् ।