Skip to content
logo
माघ ३० गते २०८१ समयः

न्यून चापीय रेखा सरदर स्थानको आसपास, भारी वर्षाको पनि सम्भावना

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण २६ गते २०८१
न्यून चापीय रेखा सरदर स्थानको आसपास, भारी वर्षाको पनि सम्भावना

काठमाडाैं, २६ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका  एक-दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ। 

राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा र कोशी प्रदेशको एक-दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ। 

Add a new comment