सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै

सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ ।अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
हरेक बर्षको बजेट भाषण जेठ १५ भित्र गर्नुपर्ने कानुनी प्रावधान अनुसार नै आज बजेट भाषण हुने भएको हो । बिभिन्न सञ्चारमाध्यमहरुबाट आजको बजेट भाषणलाई हेर्न तथा सुन्न सकिने जनाइएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%