एमालेबाट सांसद उठेका अभियुक्त राय भारतबाट पक्राउ
भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी नेपाल ल्याइएको हो ।


कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय भारतको लखनउमा अपार्टमेन्ट भाडा लिएर बस्ने गरेको खुलेको छ । अपार्टमेन्टमा बस्दै आएको सूचना आएपछि सीआईबीको टोली उनलाई लिन भारत पुगेको थियो ।
राय कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य अभियुक्त हुन् । उनलाई म्याद थपका लागि बाँके लगिएको छ । बाँकेमै राखेर अनुसन्धान गरिने सीआईबीले बताएको छ ।
भारतीय प्रहरीको सहयोगमा रायलाई पक्राउ गरी नेपाल ल्याइएको हो । यद्यपि, सीआईबीका एसएसपी होविन्द्र बोगटीले भने उनलाई नेपाल–भारत सीमा क्षेत्र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बलेहिया नाकाबाट पक्राउ गरिएको बताए ।