मंसिर ४ गते २०८३ --:--:--
मेनु

नेपाली बजारमा सुनको मूल्य ३ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि ओरालोमा

मेरो आर्थिक मेरो आर्थिक • मंसिर ४ गते २०८३ ११:५२ AM
नेपाली बजारमा सुनको मूल्य ३ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि ओरालोमा

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको छ।

मूल्य घटेसँगै छापावाल सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम थियो।

यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँमा झरेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार १० ग्राम सुनको मूल्य २ लाख २० हजार ८५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ८५९ रुपैयाँ कायम भएको छ।

सुनचाँदीको मूल्यमा आएको परिवर्तनले गरगहना खरिद गर्ने उपभोक्ता तथा यस क्षेत्रका व्यवसायीलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?