काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य सामान्य रूपमा बढेको छ । असोज २१ गते सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँ मा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ४२५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँ मा कारोबार भएको थियो ।
यसअनुसार एक दिनमा सुनको मूल्य ८०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।












