काेशी प्रदेशसभामा आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

काेशी प्रदेशसभामा आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

मेरो आर्थिक मेरो आर्थिक जेठ २१ गते २०८१

काेशी प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले आज प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।  यसै गरी प्रदेशसभामा आजै महालेखा परीक्षकको छैटौँ प्रतिवेदन पनि प्रस्तुत हुनेछ ।

प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस सोमबारको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको छ। 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?