बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो, गम्भीर घाइतेको उपचार टिचिङ अस्पतालमा हुँदै
मेरो आर्थिक
भाद्र ८ गते २०८१
समयः ६:५० am
मेरो आर्थिक ८ भदौ, काठमाडौं । शुक्रबार बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको जनाएको छ भने उनीहरुको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भइरहेको छ। मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको गाउँपालिकाका सुचना अधिकारीले मेरो आर्थिकलाई जनाउनु चएको छ।
दुर्घटना र अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी गराइएको छ। बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो। उनीहरु २ दिन पोखराको स्पोट्र्स होटलमा बसेर काठमाडौं तर्फ हिँडेको बताइएको छ । उक्त घटनामा स्थानीय, नेपाल प्रहरी, नेपाली सेना तथा बिभिन्न सरोकारवालाहरुले उद्धार गरेका थिए ।