वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको म्याद थप गर्ने तयारी : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको म्याद थप गर्ने तयारी

मेरो आर्थिक मेरो आर्थिक भाद्र १८ गते २०८१

बहु चर्चित सहकारी संस्थाहरुको वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको म्याद थप गर्ने तयारी भएको छ । मंगलबार बस्ने प्रतिनिधिसभा बैठकबाट म्याद थपको प्रस्ताव पेश हुने कार्यसूची रहने जनाइएको हो।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेश गर्ने विषय उल्लेख छ । सभापति सूर्यबहादुर थापाले समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
समितिको म्याद यही साता सकिन लागेको तर काम धेरै बाँकी रहेकाले म्याद थपको प्रस्ताव लैजान लागिएको बताइएको छ । समितिको हालसम्म ५१ वटा बैठक बसेको छ भने अब प्रतिवेदनको मस्यौदा लेखन गर्न सुरु गरिएको छ ।