माघ २२ गते २०८२ --:--:--
मेनु

४५ लाख आम्दानी सुन्तला बिक्रीबाट

मेरो आर्थिक मेरो आर्थिक माघ १५ गते २०७९ ८:१५ AM
४५ लाख आम्दानी सुन्तला बिक्रीबाट

स्याङ्जाका एक किसान मुक्ति अधिकारीले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्नु भएको छ ।

सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु ८९ मा बिक्री भएको बताउनुभयो । बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार रु ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेर उहाँले यसबाट हालसम्म करिब रु ४२ लाखको सुन्तला बिक्री गरिसक्नु भएको छ ।

सुन्तला टिप्नेक्रम जारी रहेको र अझै रु तीन लाख जतिको सुन्तला बोटमै रहेको छ । गतवर्ष माघको दोस्रो साता प्रतिकेजी १०२ देखि १०४ रुपैयाँमा बिक्री भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?