माघ २२ गते २०८२ --:--:--
मेनु

भन्सार विभागको सार्वजनिक विवरण अनुसार चिया निर्यातमा वृद्धि

मेरो आर्थिक मेरो आर्थिक असार ८ गते २०८० ६:५६ PM
भन्सार विभागको सार्वजनिक विवरण अनुसार चिया निर्यातमा वृद्धि

भन्सार विभागको सार्वजनिक विवरण अनुसार गएको ११ महिनामा नेपालले जेठसम्म ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँको चिया निर्यात गरेको छ ।

नेपालले १५ करोड ४२ लाख ५९ हजार किलो चिया निर्यात गर्दा ११ महिनामा उक्त रकम आय कमाएको हो । गत वर्ष यसै अवधिमा एक करोड ९ लाख किलो चिया नेपालबाट निर्यात हुँदा २ अर्ब ८१ करोड रुपैयाँ नेपालले कमाएको थियो ।

जुन गत वर्षको यसै अवधिको तुलनामा ५४ करोड ३८ लाख रुपैयाँले धेरै हो । नेपाल सबै भन्दा धेरै चिया निर्यात भारतमा गर्दै आएको छ ।

भारतमा मात्रै ३ अर्ब १७ करोड ७४ लाखको चिया निर्यात भएको थियो भने रुस, नेदरल्याण्ड्स, जर्मनी र अमेरिकामा पनि नेपालले चिया निर्यात गर्दै आएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?