Skip to content
logo
माघ १७ गते २०८१ समयः

कृषि विकास बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

मेरो आर्थिक
मेरो आर्थिक
पौष २६ गते २०७९
कृषि विकास बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २ प्रतिशत बोनस शेयर रहेको छ भने ११ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ। त्यसैगरी, बैंकले अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा पनि गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ। पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Add a new comment