ग्लोबल आइएमई लघुवित्तले शेयरधनीहरुलाई लाभांश घोषणा
मेरो आर्थिक
माघ ५ गते २०७९
समयः ५:०७ am
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड(GILB)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १२ प्रतिशत बोनस शेयर रहेको छ भने ८ प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। माघ ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।