फागुन १५ गते २०८२ --:--:--
मेनु

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड बढि

मेरो आर्थिक मेरो आर्थिक माघ २५ गते २०७९ ९:४४ AM
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड बढि

पछिल्लो समय डिजिटल अनलाइन वित्तीय कारोबार तीव्र गतिमा बढिरहेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै विविध भुक्तानीका साधनहरू वालेट, कनेक्ट आइपीएस, डेबिट, क्रेडिट कार्डको प्रयोग बढेको छ ।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ सुविधा प्रयोगकर्ताहरुको संख्या २ करोड क्रस भएको छ । इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या १७ लाख ६८ हजार पुगेको छ भने डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २२ लाख २२ हजार र क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या २ लाख ७६ हजार पुगेको बैंकले जनाएको छ ।वालेट प्रयोगकर्ताहरुको संख्या १ करोड ५९ लाख ६२ हजार पुग्दा भुक्तानीको साधन कनेक्ट आइपीएस प्रयोगकर्ताहरुको संख्या ९ लाख ९४ हजार भन्दा माथि रहेको छ ।

मोबाइल बैंकिङबाट १ खर्ब ६७ अर्ब ८० करोड रुपैयाँ बराबरको ट्रान्जेक्सन भएको छ भने इन्टरनेट बैंकिङमार्फत १२ अर्ब २९ करोड रुपैयाँ, डेबिट कार्डमार्फत ८१ अर्ब १० करोड रुपैयाँ, क्रेडिट कार्डमार्फत १ अर्ब ५३ करोड रुपैयाँ र कनेक्ट आइपीएसमार्फत अधिकतम ३ खर्ब ४३ अर्ब ३१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको बैंकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?