Skip to content
logo
मंसिर ६ गते २०८१ समयः

धितो लिलामीको सूचना निकाल्दा बैंकले ऋणीको फोटो राख्न नपाइने

मेरो आर्थिक
मेरो आर्थिक
माघ २७ गते २०७९

बिहीबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै कर्जा असुली सम्बन्धी नयाँ व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूले अबदेखि ऋणीको फोटोसहितको धितो लिलामी सूचना प्रकाशित गर्न नपाउने भएका छन् । कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाइने छैन, संशोधित निर्देशनमा उल्लेख गरिएको छ । उक्त व्यवस्था आगामी माघ २९ गते आइतबारदेखि कार्यान्वयनमा जाने समेत बैंकले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट एक वर्षभन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतीत भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।

यदि भाखा नाघेको कर्जा शंकास्पद वर्गमा वर्गीकरण भएको खण्डमा भने कर्जाको धितो लिलामी प्रक्रियामा बैंक तथा वित्तीय संस्थाहरु जान पाउनेछन् । तर, अब भने यस्तो प्रक्रियामा जाँदा धितो लिलामीको ३५ दिने, १५ दिने र ७ दिने सूचना प्रकाशित गर्दा ऋणीको फोटो भने राख्न नपाउने व्यवस्था राष्ट्र बैंकले जनाएको छ ।

Add a new comment