नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषबीच अनलाइन कारोबार मार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यन्वयन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
२५ माघमा आयोजित एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता अनुसार राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई वेबमा आधारित ईसर्भिस सफ्ट्वेयरबाट समेत खातामा जम्मा हुने व्यवस्थाको सुरुवात गरिएको जनाईएको छ ।












