फागुन १५ गते २०८२ --:--:--
मेनु

एनएमबी बैंकको ऋणपत्र निष्कासन हुदै

मेरो आर्थिक मेरो आर्थिक फागुन २१ गते २०७९ ११:१६ AM

एनएमबी बैंकले ऋणपत्रको निष्कासन तथा बिक्री गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्कासनका लागि स्वीकृति दिएको हो ।
४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डसँग अनुमति मागेमा बोर्डमार्फत अनुमति पाएको छ । अनुमति पाएसँगै बैंकले १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणहरूमा बिक्री गर्ने छ । साथै २ अर्ब ४० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ । एनएमबी ऋणपत्रको मूल्य प्रति कित्ता एक हजार रुपैयाँ तोकिएको छ ।
उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएलएस क्यापिटल रहने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?