कामना सेवा विकास बैंकले ४.६४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँको ४.४१ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।











