फागुन १५ गते २०८२ --:--:--
मेनु

१० लाखको दुर्घटना बीमा रकम सानिमा बैंकद्वारा हस्तान्तरण

मेरो आर्थिक मेरो आर्थिक वैशाख १५ गते २०८० १:१९ PM
१० लाखको दुर्घटना बीमा रकम सानिमा बैंकद्वारा हस्तान्तरण

सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको श्रीमती आशा कुमारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको हो ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँ सम्मको ६ जटिल रोगको उपचार बीमा, १० हजार रुपैयाँ सम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँ सम्मको औषधी उपचार बीमा, २५ हजारको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?