हिमालयन बैंक सबै भन्दा बढी रेमिट्यान्स भित्र्याउन सफल भएकोमा सम्मानित
मेरो आर्थिक
वैशाख १७ गते २०८०
समयः ६:०१ pm
नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडलाई सम्मान गरेको छ । राष्ट्र बैंकल आफ्नो ६८ औँ वार्षिक उत्सवको अवसरमा वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्र्याउन सफल भएकोमा हिमालयन बैंकलाई सम्मानित गरेको हो ।
राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन् ।
हिमालयन बैंकले आ.व. २०७८/७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान प्राप्त गरेको हो ।
करिब दुई दशक देखि आफ्नो विप्रेषण सेवा “हिमाल रेमिट” मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा-सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले संसार भरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा संचालन गर्दै आएको छ ।
हाल बैंकले देश भरि फैलिएका हिमाल रेमिटका १८ हजार भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ ।