सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ
मेरो आर्थिक
वैशाख २१ गते २०८०
समयः ६:२९ pm
वैशाख १५ शुक्रबार बैंकले प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१ औं र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
बैंकको शाखारहित बैंकिङ्ग संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी कृष्णपुरका करम सिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछ ।
बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १६२ वटा ए.टि.एम र १०२ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।