Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

बैंक मर्जर प्रस्ताव प्रयोजनार्थ साधारण सभा

मेरो आर्थिक
मेरो आर्थिक
जेठ १० गते २०८०
बैंक मर्जर प्रस्ताव प्रयोजनार्थ साधारण सभा

सनराइज बैंक लिमिटेड (SRBL) ले लक्ष्मी बैंक लिमिटेडसँग मर्ज हुने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

बैंकले असार ३ गते, आइतबार, आम्रपालि बैङ्क्वेट्स, बालुवाटारमा पन्ध्रोँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभामा भर्चुअल रुपमा पनि सहभागिता जनाउन सकिनेछ। बैंकको सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा मर्ज हुन डिडिएका आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात पारित गर्ने, मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले जेठ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Add a new comment