वैशाख २६ गते २०८२
ब्रेकिङ न्यूज
No breaking news available.

सनराइज बैंकद्वारा दुग्ध उत्पादन तालिम कार्यक्रम सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक जेठ १७ गते २०८० 0 मिनेट पढ्नुहोस्

सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरूलाई प्रदान गरेर उनीहरूको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्य साथ ज्येष्ठ ८ गतेदेखि वीरेन्द्रनगरमा ३५ जना महिलाहरूको सहभागितामा ५ दिने दुग्ध उत्पादन सम्बन्धी सिपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरूलाई विभिन्न सिपमूलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुशासन कायम गराउने उद्देश्यले तालिम आयोजना गरिएको थियो । सिपमूलक तालिमले महिला कृषकहरूमा दुग्ध पदार्थको उत्पादन वृद्धि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरूको व्यावसायिक क्षमतामा वृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।

सम्पर्क जानकारी

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

© 2021 सर्वाधिकार सुरक्षित मेरो आर्थिक मिडिया प्रा.लि.