Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

ग्लोबल आइएमई बैंक र लुम्बिनी केबलकार बीच सम्झौता

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २६ गते २०८०
ग्लोबल आइएमई बैंक र लुम्बिनी केबलकार बीच सम्झौता

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० % क्यासब्याक पाउने भएकाछन् ।
बैंकले बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने उक्त योजना सार्वजनिक गरेको हो ।
उक्त योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत रकम भुक्तानी गर्दा तथा डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० % क्यासब्याक पाउने जनाईएको छ ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । साथै उक्त योजना सिमित अवधिको लागि लागू रहने बंैकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल गरी सेवा दिदै आईरहेको छ ।

Add a new comment