Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

‘आईएमई पे’ मा क्यासब्याकको अफर

मेरो आर्थिक
मेरो आर्थिक
असार ३ गते २०८०

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ ।
यसै सन्दर्भमा, यो हप्ता असार ३ देखि आइएमई पे ले एअरलाइन्समा क्यासब्याकको अफर सुरु गर्दैछ । एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखि साँझको ६ बजेसम्म कुनैपनि एअरलाईन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन् ।

सो अन्तराल भित्रमा एअरलाईन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन् । यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ ।

साथै आईएमई पे मार्फत् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक पाइने भएको छ । आईएमई पेको २३ औं वार्षिकोत्सवको अवसरमा क्यासब्याक सेवालाइ निरन्तरता दिइएको जनाएको छ ।

टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने ‘आईएमई पे’ ले जनाएको छ ।

Add a new comment