कुमारी बैंकद्वारा सामाजिक सुरक्षा भत्ता वितरण
मेरो आर्थिक
असार ६ गते २०८०
समयः ८:४७ am
कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पु¥याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता पुर्याउने कार्य सम्पन्न गरेको छ ।
नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुब्री क्षेत्रमा हालसम्म सडकको राम्रो पहुँच नपुगेको कारणले सामाजिक सुरक्षा भत्ता लिनका लागि वृद्ध तथा अन्य सबैले दुई देखि तीन दिनको बाटो हिँड्नुपर्दछ ।
कुमारी बैंक लिमिटेडले मिति २०८० जेठ ३ गतेका दिन काठमाडौंदेखि चुमनुब्रीसम्म हेलिकप्टर चार्टर गरी सामाजिक सुरक्षा भत्ता पु¥याउने कार्य सम्पन्न गरेको छ ।
कुमारी बैंक लिमिटेडले चुमनुब्री गाउँपालिकामा आफ्ना ग्राहकहरूका लागि चौर्तफी रूपमा सेवा–सुविधा पु¥याउने कार्यलाई निरन्तरता दिने कुराकोे प्रतिबद्दता समेत जनाएको छ ।