सरकारी कोषमा १ खर्ब ६६ अर्ब रकम : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

सरकारी कोषमा १ खर्ब ६६ अर्ब रकम

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८०

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थामा डिपोजिट रहेको नगद १ खर्ब ६६ अर्ब २६ करोड ४७ लाख रुपैयाँ रहेको छ । यो संघ, प्रदेश र स्थानीय सरकारको समेत पैसा हो ।

बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा ५९ अर्ब २४ करोड २१ लाख रुपैयाँ बराबरले डिपोजिट घटेको हो । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तमा यस्तो डिपोजिट २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख रुपैयाँ रहेको थियो । सँगै अघिल्लो वर्षको सरप्लस मौज्दात समेत घटेर २ अर्ब ७ करोड रुपैयाँमा झरेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो सरप्लस ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?