Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

बैकिङ्ग सुरक्षा नभए सेवा बन्द गर्ने सिबिफिनको चेतावनी

मेरो आर्थिक
मेरो आर्थिक
असार १७ गते २०८०
बैकिङ्ग सुरक्षा नभए सेवा बन्द गर्ने सिबिफिनको चेतावनी

बैंक तथा वित्तीय संस्थाका शाखा र कर्मचारीहरुमा आक्रमण हुन थालेपछि बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन(ले आपत्ति जनाउँदै सार्वजनिक रुपमा सूचना समेत प्रकाशन गरेको छ । सिबिफिनले विज्ञप्ति मार्फत शान्ति सुरक्षाको प्रत्याभूति नभएमा बैंकहरु आफ्ना सेवा बन्द गर्न बाध्य हुने जनाएको हो ।

बिज्ञप्तिमा भनिएको छ –ः "यदि निर्वाध रूपमा सुरक्षित वातावरणमा प्रचालित ऐन कानुनद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदत्त अधिकारको प्रयोग गर्दै सोहीबमोजिम निर्देशित बैंक तथा वित्तीय संस्थाहरुले बहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवारी पूरा गर्न सहज हुने वातावरणको सुनिश्चितता नेपाल सरकार र सो अन्तर्गतका निकायहरुबाट हुन नसक्ने हो भने नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवा पूर्णरूपमा बन्दै गर्नुपर्ने परिस्थिति सिर्जना हुन सक्नेतर्फ सचेत गराउँदै र सोवाट आम निक्षेपकर्ता, ऋणीलगायत सम्पूर्ण सरोकारवालाहरुको हक, हित संरक्षण तथा सम्बर्द्धनमा गम्भीर र संकट उत्पन्न हुने र यसबाट अन्ततोगत्वा समग्र अर्थतन्त्रमा नै अकल्पनीय संकट सिर्जना हुने भएकोले नेपाल सरकारलगायत सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।"

परिसंघले बैंक तथा वित्तीय संस्थाका शाखामा क्षति पुर्याउने, कर्मचारीहरुमााथ दुर्व्यवहार गर्नेहरुविरुद्ध कानुनी उपचारमा जाने पनि बताएको छ । साथै, बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग माग गर्नुका साथै यही अवस्था कायम रहेमा सेवा ठप्प पार्ने समेत चेतावनी दिएको छ ।

Add a new comment