महालक्ष्मी विकास बैंकद्धारा छात्रवृत्ति प्रदान
मेरो आर्थिक
असार १८ गते २०८०
समयः १:४७ pm
महालक्ष्मी विकास बैंकले छात्रवृत्ति प्रदान गरेको छ । बैंकले त्रिभुवन हनुमान माध्यामिक विद्यालय पर्सामा कक्षा ९ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो ।
महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गर्नुभएको छ ।
पारिवारिक आर्थिक स्थिति कमजोर भएको, जेहेन्दार विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनकारी दिएको छ ।