Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

सिटिजन्स बैंकले अरु पाँच शाखा सञ्चालन गर्यो

मेरो आर्थिक
मेरो आर्थिक
असार २० गते २०८०
सिटिजन्स बैंकले अरु पाँच शाखा सञ्चालन गर्यो

सिटिजन्स बैंकले अरु पाँच शाखाह सञ्चालन गरेको छ । शाखा विस्तारको क्रममा बैंकले कोसी प्रदेशस्थित संखुवासभाको खाँदबारी, लुम्बिनी प्रदेशस्थित बर्दियाको गुलरिया, गण्डकी प्रदेशस्थित तनहुँको दमौली, कर्णाली प्रदेशस्थित सल्यानश्री नगर र सुदूरपश्चिम प्रदेशस्थित बैतडी पाटनमा पाँच शाखाहरू एकैसाथ सञ्चालनमा ल्याएको हो ।

बैंकिङ शाखाहरू मार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ । योसंगै अब बैंकको १ सय ८८ वटा शाखा सञ्चालनमा आएका छन् ।

Add a new comment