Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

राष्ट्रिय वाणिज्य बैंकका ११ शाखा विस्तार

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण १ गते २०८०
राष्ट्रिय वाणिज्य बैंकका ११ शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले एकैसाथ देशका बिभिन्न स्थानहरुमा शाखाहरु स्थापना गरी बैकको सेवा सुविधाहरु जनता समक्ष पुग्ने अपेक्षा सहित शाखाहरु सञ्चालनमा ल्याएको हो ।

सिरहा जिल्लास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्लास्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ जिल्लास्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्लास्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्लास्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार, सुर्खेत जिल्लास्थित शाखा कार्यालय छिन्चु, कालीकोट जिल्लास्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्लास्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्लास्थित शाखा कार्यालय वालिङ्गको कारोबार सुरु भएको हो ।

हाल बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् ।

Add a new comment