कुमारी बैंकद्वारा बीमा वापतको १० लाख रुपैयाँ हस्तान्तरण
मेरो आर्थिक
श्रावण १ गते २०८०
समयः ४:५३ pm
कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकको परिवारलाई बीमा बापतको रु १० लाख रकम हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखा मार्फत यो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको हो ।
कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा खातावाल सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले यो बीमा सुविधा, सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा गरेको हो ।
परिवार सुरक्षा बचत खाता योजनामा दुर्घटना बीमा, जीवन बीमा, चिकित्सा उपचार तथा अन्य गम्भीर रोगहरुका बीमा पर्दछन् । कुमारी बैंकले विगत ४ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।