Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

सामाजिक उत्तरदायित्वमा सांग्रिलाको आर्थिक सहयोग

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण ८ गते २०८०
सामाजिक उत्तरदायित्वमा सांग्रिलाको आर्थिक सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग अन्तर्गत चेक हस्तान्तण गरी सहयोग गरेको छ । यस महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो । यस वीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आप्mनै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त महिला आदर्श सेवा केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गर्नुभएको थियो । यस किसिमको सहयोगले उक्त केन्द«लाई ठूलो मद्दत पुगेको कुरा व्यक्त गर्दै सो महिला आदर्श सेवा केन्द्रका अध्यक्ष श्रीमती निरु श्रेष्ठज्यूले आफ्नो विचार राख्नु भयो ।

सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ ।

Add a new comment