भैरहवा । सेन्ट्रल फाईनान्स लिमिटेड, भैरहवा शाखाले शुक्रवार वित्तीय साक्षरता तथा डस्टबिन वितरण कार्यक्रम गरेको छ । संस्थाले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित ‘मदरसा अरबीया अशरफिया फैजुल इसलाम’मा उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा संस्थाको भैरहवा शाखा प्रमुख अरुण अधिकारीले मदरसालाई ७ थान डस्टबिन तथा मदरसाका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेका थिए । शाखा प्रमुख अधिकारीले संस्थाले वित्तीय कारोबारसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए ।











