फागुन १५ गते २०८२ --:--:--
मेनु

नबिलको तीज अफरमा निःशुल्क सुविधा सहितको ‘नबिल प्रिमियम नारी बचत खाता’

मेरो आर्थिक मेरो आर्थिक भाद्र १८ गते २०८० ६:३० AM
नबिलको तीज अफरमा निःशुल्क सुविधा सहितको ‘नबिल प्रिमियम नारी बचत खाता’

नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्ने अफर ल्याएको हो ।

अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहक वर्गले असोज १५, २०८० गते सम्ममा “नबिल प्रिमियम नारी बचत खाता” खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्ने बताइएको छ् ।

नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय काम गर्दै आएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?