Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

राष्ट्रिय वाणिज्य बैंकको ‘इभी लोन’ लिँदा एकल ब्याजदरमै कर्जा स्किम

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र २६ गते २०८०
राष्ट्रिय वाणिज्य बैंकको ‘इभी लोन’ लिँदा एकल ब्याजदरमै कर्जा स्किम

राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई एकल ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । बैंकले दशैं तिहार जस्ता ठूला चाडपर्व लक्षित प्रोडक्ट लञ्च गर्दै यस्तो स्किम सार्वजनिक गरेको हो ।

बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको इभी लोन’ भन्ने नाराको साथ स्किम सार्वजनिक गरेको र बैंकले १ करोड रुपैयाँसम्मको इभी लोन उपलब्ध गराउनेछ । ब्याजदर ९.९५ प्रतिशत कायम गरिएको छ । लोन लिँदा विद्युतीय गाडीको कुल मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने बैंकले जनाएको छ ।

पेट्रोलियम पदार्थ खरीदका लागि अत्यधिक विदेशी मुद्रा खर्च हुने भएको उल्लेख गर्दै त्यसलाई घटाउन समेत विद्युतीय सवारी साधनलाई प्राथमिकता दिइनुपर्ने सरकारको नीति पछ्याउँदै आफूहरुले यस्तो स्किम सार्वजनिक गरेको बैंकले जनाएको छ ।

प्रशोधन शुल्क ०.२५ प्रतिशत तोकिएको छ । बैंकले आपूर्ति आदेश दिएको १५ दिन वा योजना अवधिभित्र कर्जा लिइसक्नुपर्ने जनाएको छ । भदौ २६ गतेदेखि यस्तो स्किम लागू हुने बैंकले जनाएको छ । यो योजना सिमित अवधि सम्म चल्ने बैंकले जनाएको छ ।

Add a new comment