Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

माछापुच्छ्रे बैंकको घोषित लाभांश पारित गर्न साधारण सभा आह्वान

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र २७ गते २०८०
माछापुच्छ्रे बैंकको घोषित लाभांश पारित गर्न साधारण सभा आह्वान

माछापुच्छ्रे बैंक लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा आह्वान गरिएको छ। बैंकले आगामी असोज १८ गते बिहीबार वार्षिक साधारण सभा बोलाएको हो।

होटल पोखरा ग्राण्ड, पोखरामा बैंकको २५ औँ वार्षिक साधारण सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले चुक्ता पूँजीको १३.३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसै उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने र असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

Add a new comment