Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउने

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ५ गते २०८०
अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउने

नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा बढाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउने भएका हुन् ।

यद्यपि राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको थियो । वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउनेमा २२ फागुन २०७८ मा नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो ।

कोभिड–१९ महामारी पछि बढेको आयात र रसिया(युक्रेन युद्धपछि बढेको उपभोग्य वस्तुको मूल्यले आयातमा परेको थप दबाबपछि बाह्य क्षेत्रमा समस्या देखिने अवस्था आउँदा सरकारले सुन आयातको दैनिक कोटा घटाएको थियो ।

Add a new comment