फागुन १३ गते २०८२ --:--:--
मेनु

दशैं, तिहारलाई लक्षित गरी असोज २९ देखि नयाँ नोट सटही सुविधा

मेरो आर्थिक मेरो आर्थिक असाेज २२ गते २०८० ७:४४ AM
दशैं, तिहारलाई लक्षित गरी असोज २९ देखि नयाँ नोट सटही सुविधा

नेपाल राष्ट्र बैङ्कले चाडपर्व दशैं, तिहारलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैङ्कले सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो ।

राष्ट्र बैङ्कले काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैङ्कअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कहरूले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैङ्कबाट त्यस्ता नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । ग्राहकहरुलाई बैंकहरुले आफ्नो नजिकको शाखामा यो सुविधा प्रदान गर्ने छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?