फागुन १५ गते २०८२ --:--:--
मेनु

सिद्धार्थ बैंकले सेयरधनी लगानीकर्ताहरुलाई नगद लाभांश बाँड्ने

मेरो आर्थिक मेरो आर्थिक असाेज २५ गते २०८० ९:३७ PM
सिद्धार्थ बैंकले सेयरधनी लगानीकर्ताहरुलाई नगद लाभांश बाँड्ने

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई नगद लाभांश बाँड्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४.२१ प्रतिशत अर्थात् कूल ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश बाँड्ने भएको हो ।

बिहीबार दिउँसो बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको निर्णय गरेको हो । बैंकद्धारा प्रस्तावित लाभांश आगामी साधारणसभाबाट पारित भएपछि केन्द्रीय बैंकको स्वीकृति पश्चात् वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ रहेको छ । सोही पुँजीको ४.२१ प्रतिशतले हुन आउने रकम बराबरको लाभांश बैंकले बाड्न लागेको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?