Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

सिद्धार्थ बैंक लिमिटेड र उपाय बिजनेस बिच व्यावसायिक सम्झौता

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २६ गते २०८०
सिद्धार्थ बैंक लिमिटेड र उपाय बिजनेस बिच व्यावसायिक सम्झौता

सिद्धार्थ बैंक र उपाय बिजनेस सोलुशन्स बिच बैंकको ग्राहकहरूको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरू प्रदान गरेर लघु, साना र मझौला उद्यमीहरूलाई (MSME) सहयोग गर्ने सम्झौता भएको छ । 

उपाय बिजनेस सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सिद्धार्थ बैंक लिमिटेडसँगको सहकार्य उद्यमीहरूलाई फलदायी हुने बताइन्  । उनले भनिन्, “उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानुनी, कर व्यवस्थापन सम्बन्धी व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ र यो साझेदारीले पनि थप मद्दत पुर्याउनेछ ।”

साझेदारीको बारेमा बोल्दै, सिद्धार्थ बैंक, MSME बैंकिङ प्रमुख, प्रदीप पन्तका अनुसार “सिद्धार्थ बैंक लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैँ अग्रसर रहेको छ । हामी हाम्रो ग्राहकहरू र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरूलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानुन र नियमको पालना गर्न मद्दत गर्दै आएका छौ । हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरूको वित्तीय व्यवस्थापन पूर्णता प्रधान गर्नेछ ।”

Add a new comment