फागुन १५ गते २०८२ --:--:--
मेनु

‘ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाईलो’ अफर सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक असाेज २९ गते २०८० ७:५२ AM
‘ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाईलो’ अफर सार्वजनिक

ग्लोबल आईएमई बैंकले दशैंको अवसरमा ‘ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाईलो’ भन्ने स्लोगन सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा नगद फिर्ता (क्यास ब्याक) योजनाहरु सार्वजनिक गरेको हो ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले आफैलाई आवश्यक सामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँ सम्मको नगद फिर्ता (क्यास ब्याक) हुने बैंकले जनाएको छ ।

यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले योजना अवधिभर कम्तीमा १ हजार रुपैयाँको ३ वटा कारोबार गरेमा ३ सय रुपैयाँ तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा ५ सय रुपैयाँको नगद फिर्ताबाट लाभान्वित हुने छन् । यो योजना २८ असोजदेखि ७ कात्तिकसम्म लागु हुनेछ ।

बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आफूलाई आवश्यक समानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्मको नगद छुट पाउने छन् । यो योजना २८ असोजदेखि ७ कात्तिकसम्म लागु हुने बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई चुस्त दुरुस्त समयमा सेवा दिनका लागि सेवामा समय समयमा परिस्कृत गर्दै बिभिन्न अवसरहरुमा अफरहरु समेत प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?