फागुन १५ गते २०८२ --:--:--
मेनु

दशैं लक्षित गरिमा विकास बैंकको नगद फिर्ता योजना सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक असाेज २९ गते २०८० ८:०१ AM
दशैं लक्षित गरिमा विकास बैंकको नगद फिर्ता योजना सार्वजनिक

नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दैं गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानीमा २० प्रतिशत वा अधिकतम रु. २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु. २०० सम्म नगद फिर्ता पाउन सक्नु हुनेछ । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको छ । गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैें किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?