फागुन १५ गते २०८२ --:--:--
मेनु

नेपाल राष्ट्र बैंकद्वारा बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको जानकारी

मेरो आर्थिक मेरो आर्थिक मंसिर २१ गते २०८० ८:४६ AM
नेपाल राष्ट्र बैंकद्वारा बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको जानकारी

नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको जानकारी दिएको छ । लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको बैंकले जानकारी दिएको हो । 

अर्थ समितिको बैठकमा पेस गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोटमा व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको बताइएको छ । २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालु खाता रु. ५९ अर्बले बचतमा रहेको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?