Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा बीच सम्झौतापत्रमा हस्ताक्षर

मेरो आर्थिक
मेरो आर्थिक
पौष २५ गते २०८०
सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा बीच सम्झौतापत्रमा हस्ताक्षर

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र होटल शारा प्रा. लि बिच बैंकका ग्राहक महानुभाव बैंकका कर्मचारीहरुलाई बिभिन्न किसिमका आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख श्री रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक श्री पृथ्वी सुवेदीले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना,सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छुट सम्म दिइएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

Add a new comment