कुमारी बैंक लिमिटेडको ‘परिवार सुरक्षा’ अन्तर्गत १० लाख रुपैयाँ भुक्तानी : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

कुमारी बैंक लिमिटेडको ‘परिवार सुरक्षा’ अन्तर्गत १० लाख रुपैयाँ भुक्तानी

मेरो आर्थिक मेरो आर्थिक वैशाख १० गते २०८१

कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

खाता धारकको परिवारको तर्फबाट कावासोती न.पा. वडा नं २ निवासी निज खाता धारक लक्ष्मी पाण्डे र उनको श्रीमान् विश्व नाथ पाण्डेलाई संयुक्त रूपमा रकम हस्तान्तरण गरिएको थियो ।

रकम कुमारी बैंक लिमिटेडको कावासोती शाखाबाट हस्तान्तरण गरिएको थियो । नेको इन्स्योरेन्स लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भई कुमारी बैंक लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको थियो ।