नेपाल एसबिआई बैंक ‘रेमिट्यान्सको आप्रवाह’ विधा तर्फ सम्मानित
मेरो आर्थिक
वैशाख १८ गते २०८१
समयः ९:४७ am

नेपाल एसबिआई बैंक लि. रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहको अवसर पारेर मिति २०८१ बैशाख १४ मा गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंक लि. लाई प्रशंसापत्र प्रदान गरिएको हो ।
उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी ज्युले यस बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कूमार दे ज्युलाई प्रदान गर्नूभएको थियो । आर्थिक वर्ष २०७९÷०८० भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाल एसबिआई बैंक लि.ले ढठ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिसका साथै २४२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।