गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा ६० प्रतिशतसम्मको छुट
मेरो आर्थिक
असार ११ गते २०८१
समयः ८:१७ am
गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था बैंकले मिलाएको हो ।
सम्झौतापश्चात गरिमा विकास बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । विकास बैंकका ग्राहकहरुले यूएसएमा आधारित कोडिङ शैक्षिक संस्था (कोडिङल)को अधिकृत साझेदार मेन्टरल्याब ईडीएक्सले प्रवाह गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छुट पाउने छन् । मेन्टरल्याबले बालबालिकाहरुलाई कोडिङ र एआई (आर्टिफिशल इन्टेलिजन्स) बुझ्न विशेष मद्दत गर्ने गर्दछ ।
विकास बैंकका ग्राहकहरुले लगनखेल ललितपुरस्थित पेडल साईकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा-५ रुपन्देहीमास्थित एनजी मार्केटका वस्तु तथा सेवाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।