माघ ९ गते २०८२ --:--:--
मेनु

राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटायो

मेरो आर्थिक मेरो आर्थिक असाेज २४ गते २०८२ ९:२३ PM
राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटायो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटाएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै डेबिट कार्डबाट हुने भुक्तानीको सीमा घटाएको हो । जस अनुसार डेबिट कार्डबाट प्रतिकरोबार २० हजारसम्म कारोबार गर्न सकिने छ भने प्रतिदिन ५० हजार र प्रतिमहिना ३ लाख तोकिएको छ ।

यसअघि डेबिट कार्डबाट प्रतिकरोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ४ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?