काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् ।
बैंकको संचालक समितिको मंगलबार बसेको बैठकले शर्मालाई चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
आजैको बैठकले प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले दिएको राजीनामा स्वीकृत गरेको थियो । यस अघि निलम्बित रहेका शेरचनको निलम्बन फुकुवा पछि पदबाट राजीनामा दिएका थिए । शेरचनलाई बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेपछि सञ्चालक समितिले निलम्बन गरेको थियो ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले यसअघि माछापुच्छ्रे बैंक, तत्कालीन सनराइज बैंकलगायत नेपालका प्रतिष्ठित बैंकमा सफल नेतृत्व दिएका छन् । शर्मा तत्कालिन सनराइज बैंक र लक्ष्मी बैंक मर्जरपछि बाहिरिएका थिए ।











